१२ वर्षीया बालिकालाई यौ न दु र्व्य वहार गरेको आ रो पमा ५१ वर्षीय पुरुष प क्राउ
काठमाडौं । १२ वर्षीया बालिकामाथि यौ’न दु’र्व्य’व’हार ग’रेको आरोपमा प्रहरीले कैलालीको धनगढीबाट ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका(४ बस्ने बालिकालाई ३० चैतमा ५१ वर्षीय पुरुषले यौ’न दु’र्व्य’वहार ग’रे’को आ’रोप लागेको थियो ।
सोही आरोपको आधारमा सोमबार ती पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । पक्राउ परेका पुरुषमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरिएको प्रवक्ता जोशीले बताए ।
यो पनि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नौ महिनामा (गत साउनदेखि चैत मसान्तसम्म) काठमाडौँ उपत्यकाका दुई हजार १२९ व्यावसायिक फर्म अनुगमन गरी अनुचित कारोबारमा संलग्न ९९६ फर्मबाट रु एक करोड १८ लाख ६१ हजार राजश्व सङ्कलन गरेको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पँगेनीले जानकारी दिनुभयो ।
उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइएको जानकारी दिनुभयो । सो अवधिमा ९०० फर्मलाई सामान्य सुधार गर्न र ४६१ फर्मलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको तथा १७ फर्मका वस्तुको नमूना सङ्कलन, तीनजना पक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।