Logo

घर शिलान्यास गर्दागर्दै पहिरोले पु’रिएर मृत्यु



काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पु’रिँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो ख’सेको थियो ।

सो क्रममा उनी पु’रिएका थिए । स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो ।

यस्तै काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो । उनि लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाउनुभएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी भएका थिए । उनि काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए । उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता