कर्णालीका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु सर्वसाधारणहरू खुसी
काठमाडौं । कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए । कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको उनले बताए ।
प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय जाजरकोटका प्रमुख ज्वालाराज शाहीले जानकारी दिए ।
प्रदेश राजधानी सुर्खेतमा २४ फागुनदेखि २६ सम्मा पानी परीक्षणको तालिम दिएर जिल्लामा कर्मचारी परिचालन गरिएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमा खानेपानीको बजेट रहेकोमा दुइ हप्ता अघि मात्र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा ल्याइएको थियो । पानी परीक्षण गर्नका लागि प्रदेश राजधानी नै धाउनुपर्ने बाध्यता अन्त्य भएपछि सर्वसाधारणहरू खुसी भएका छन् ।