बनका अध्यक्ष नै चो रीमा सं लग्न, अ वै ध काठ सहित प क्राउ परे
काठमाडौ । वन संरक्षण जिम्मेवारी लिएका व्यक्ति नै काठ तस्करीमा सं लग्न भएको फेला परेपछि प क्राउ परेका छन् । उनलाई प्रहरीले अ वैध काठ सहित पक्रा उ गरेको हो ।
सिरहाको मिर्चैया नगरपालिका–७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम पोखरेललाई प्रहरीले प क्राउ गरेको हो । उनीसंगै प्रहरीले बहुमूल्य प्रजातिको खयर काठ, तीन वटा आँपको गोलिया र विभिन्न जातको अवैध काठ ब राम द गरेको छ ।
प्रहरीले उनी सहित लोड गरिएको स १ त ३६०७ ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । अध्यक्ष पोखरेल आफैले ट्याक्टर चmाएका थिए । सशस्त्र प्रहरीले पक्राउ गरी पोखरेललाई वन कार्यालयलाई बुझाएको थियो ।
डिभिजन वन कार्यालयका निमित्त प्रमुख गंगाप्रसद यादवले नियन्त्रणमा लिइएको काठ नापजोख भइरहेको र प क्राउ परेका पोखरेललाई मुद्दा चलाउन आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतबाट सोमबार नै म्याद थप गरिएको बताए ।