Logo

मेलम्चीको उद्घाटन: जेठसम्म काठमाडौंँमा पानी आउने,



 

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी आयोजनास्थल अम्बाथान पुगेका छन् । उनले मंगलबार आयोजनाको सुरुङमा पानी पठाएर उद्घाटन गरेका हुन् । यो मेलम्ची खानेपानी आयोजनामा भएको नवौं उद्घाटन हो ।
मन्त्रीले उद्घाटन गरेसँगै सुरुङभित्र प्रतिसेकेण्ड २ सय ६५ लिटर पानी जाने गरी पठान्तरको काम सुरु भएको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदम कुँवरले रातोपाटीलाई जानकारी दिए ।

गत असारमा भारी वर्षाका कारण बाढी र पहिरोबाट क्षति पुगेको आयोजना स्थलको मर्मतपछि काठमाडौं आउने सुरुङमा फेरि पानी पठाइएको हो । मन्त्री चौधरीले सुरुङमा पानी पठाए पनि कहिलेदेखि काठमाडौंमा पानी वितरण हुन्छ भन्ने निश्चित नभएको खानेपानी मन्त्रालयका पदाधिकारी बताउछन् । मन्त्रालयका प्रवक्ता ज्ञानप्रसाद ढकालले मेलम्चीको पानी कहिलेसम्म काठमाडौंमा आइपुग्छ, कहिलेदेखि वितरणको काम हुन्छ त्यसबारे आयोजनाले जानकारी नगराएको बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता