Logo

पश्चिमी र स्थानीय वायुको प्रभावले वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ।

मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। पहाडी भू(भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता