Logo

पाथिभरा माताले सबैको कल्याण गरुन् २०७९ सालमा कस्तो छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल…



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि नयाँ वर्ष २०७९ सालमा अधिकतम क्षेत्रमा सफलता प्राप्त हुनेछ । जागिर खानेहरूले कडा परिश्रम गर्नुपर्छ । शिक्षादीक्षाको क्षेत्रमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ, तर उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । विदेशमा पढ्ने बाटो खुल्नेछ । प्रेम र प्रणय भावको क्षेत्रमा समय राम्रो रहनेछ ।अनावश्यक र फाल्तु विषयमा धन खर्च हुनाले तनावमा बृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन र भोगविलासको क्षेत्रमा धनको प्रवाह बढ्नेछ, तर धनागमको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो रहनेछ र कुनै पुरानो रोग छ भने त्यसबाट मुक्ति पाउन सक्नुहुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि २०७९ साल मिश्रित प्रभावका साथमा उपस्थित भएको छ । परिश्रमको फल प्राप्त हुने समय छ । करियरमा उत्तरोत्तर प्रगति हुनेछ । नोकरी र कार्यस्थलमा सफलता पाइनेछ । विद्यार्थीहरूका लागि यो उच्च स्तरको सफलता पाउने समय हो । प्रेमजीवनका लागि समय राम्रो रहनेछ र विवाहित व्यक्तिको घर परिवार र दाम्पत्य जीवनमा सुखसमृद्धि देखिनेछ । पति पत्नी र प्रेमी प्रेमिकाको सम्बन्धमा केही समस्या देखा पर्नेछ, अचानक कलह बढ्ने वा सम्बन्धमा नै फाटो आउने परिस्थितिसमेत रहेको छ ।

मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुने जातकका लागि कार्यक्षेत्र र विद्याध्ययनका दृष्टिले नयाँ वर्ष २०७९ साल उत्कृष्ट समय रहनेछ । नोकरी र व्यवसायमा स्तरबृद्धि र पदोन्नतिको योग बनेको छ । नयाँ रोजगारीको आवश्यकता भएका व्यक्तिको मनोकामना पूरा हुने वर्ष हो । विद्यार्थीहरूका लागि अनुकूल वर्ष हो, अझ प्रायोगिक र प्राविधिक क्षेत्रका शिक्षार्थीलाई तथा अनुसन्धान वा अन्वेषणको क्षेत्रका छात्रछात्रालाई विशेष सामर्थ्य प्राप्त हुनेछ । किशोरावस्थाका छात्रछात्रामा उच्छृङ्खलता बढ्ने समय हो । पारिवारिक वातावरण रमाइलो रहनेछ, प्रेमजीवन र दाम्पत्य सम्बन्धमा भने उतारचढाव भइरहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका जातकले नयाँ वर्ष २०७९ सालमा मिश्रित फल प्राप्त गर्नेछन् । जागिर वा रोजगारीको प्रयासमा रहेका व्यक्तिका लागि यो वर्ष चुनौतीपूर्ण रहनेछ । अफिसमा सिनियर कर्मचारीसँग मतभेद हुने सम्भावना छ । छात्रछात्रा र किशोर अवस्थाका व्यक्तिको मन चञ्चल रहनेछ । व्यवहारिक र स्वास्थ्यगत कारणले पठनपाठनमा बाधा हुनेछ । नातागोता, घरपरिवार र कुटुम्बका साथमा झैझगडा र कलहको योग बनेको छ । दाम्पत्यसुखमा पनि त्यत्ति राम्रो फल पाइने छैन । आर्थिक मामिलामा पनि केही चुनौती र कठिनाइको सामना गर्नुपर्ने हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुने जातकका लागि नयाँ वर्ष २०७९ साल सामान्य नै रहनेछ । वर्षारम्भमा कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ने हुन्छ, तर मिहिनेतअनुसार कार्यमा सफलता नै मिल्नेछ । विदेशमा गएर पढ्न रहर गर्ने छात्रछात्राको सपना पूरा हुनेछ । वाक्पटुता र बुद्धिकौशलमा बृद्धि हुनेछ । परिवारमा एकता हुनेछ र एकअर्काप्रति प्रेम र सद्भाव बढ्नेछ । पिताको साथसहयोग मिल्नेछ, तर उहाँको कार्यक्षेत्र र स्वास्थ्यस्थितिमा भने समस्या देखिन सक्छ । प्रेमसम्बन्ध, वैवाहिक जीवन र पारिवारिक सुखमा केही निरसता देखा पर्न सक्छ । समग्रतामा यो वर्ष उन्नतिकारक वर्ष हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । यो जीवनको नयाँ आयाम सुरु गर्ने वर्ष हो । विवाह नभएकाहरूको विवाह हुन्छ, छोराछोरी नभएकाले चाहेको सन्तान पाउनेछन्, जागिर छैन भने रोजगारीको नयाँ अवसर प्राप्त हुन्छ अनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने थप जिम्मेबारी र पदप्रतिष्ठा प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ, नोकरीमा कार्यरत व्यक्तिले नयाँ अवसर प्राप्त गर्नेछन् । सरकारमार्फत सम्मान प्राप्त हुनेछ । व्यापारमा नयाँ दिशा प्राप्त हुनेछ । शिक्षार्थीका लागि कडा परिश्रमपछि सफलता पाइनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुने व्यक्तिका लागि यो नयाँ वर्ष २०७९ साल मिश्रित प्रकृतिको समय रहनेछ, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । चुनौतीका बीचमा काममा प्रगति हुनेछ । निजी क्षेत्रमा कार्यरत व्यक्तिले भने जति खटे पनि जस पाउन नसक्ने समय हो । बरु घर परिवारमा अनेकानेक समस्याहरू एकपछि अर्को गर्दै देखा पर्न सक्छन् । आपसी तालमेल जसरी भए पनि कायम रहने तथा धनप्राप्तिमा सहजता रहनाले हरेक समस्या र चुनौतीको सरलताका साथमा सामना गर्न सकिनेछ ।
दाजुभाइका बीचमा मनमुटाव बढ्ने तथा र सम्पत्तिसम्बद्ध समस्या देखा पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यस वर्षले अधिकतम क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चुनौती र कठिनाइको सामनासमेत गर्नुपर्ने हुन्छ । पराक्रम र प्रतिष्ठा बृद्धिका लागि परिश्रम गर्नुपर्ने समय हो । सामाजिकता र नेटवर्किङको क्षेत्रबाट लाभ पाइनेछ । तर कतिपय प्रसङ्गमा सङ्घर्षको परिस्थितिसमेत बन्नसक्छ । उता अन्तिमका दुई महिनामा कार्यालयमा सहकर्मीसँग मनमुटाव हुनेछ र मानसम्मानमा दाग लाग्ने परिस्थितिसमेत बन्नसक्छ, सचेत हुनुपर्छ । शिक्षादीक्षाका क्षेत्रमा र विशेषतस् छात्रछात्राका लागि यो उत्कृष्ट वर्ष रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका व्यक्तिहरूमा राम्रो फल प्राप्त हुने समयका रूपमा नववर्ष २०७९ को आगमन भएको छ । सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापार व्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्ने व्यक्तिको उत्तरोत्तर प्रगति हुनेछ । प्रतिस्पर्द्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् । रोजगारीको क्षेत्रमा सामान्य बदलाव आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो समय निकै राम्रो रहेको छ । कार्यक्षेत्र र दैनिकीमा केही चुनौती, बाधारअड्चन र झमेला त व्यहोर्नुपर्छ, तथापि उन्नतिको पथमा लम्किरहने वातावरण प्राप्त हुनेछ । नोकरीमा पदोन्नतिको योग छ र हाकिम वा अधिकारीबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । रोजगारीको सिलसिलामा विदेश जान सकिन्छ । बन्द व्यापार फस्टाउनेछ । आम्दानीको मार्गमा सहजता आउनेछ । ज्ञानगुन र शिक्षादीक्षाको क्षेत्रमा रहेका हरेक व्यक्तिको उद्देश्य सार्थक र फलदायी बन्नेछ । मुख छुच्चो बन्नेछ, माइती, मावली र ससुराली पक्षको अप्रिय समाचार सुन्नुपर्ने हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष पनि चुनौती र सङ्घर्षले भरिएको समय रहनेछ । तर कतिपय विषयमा कडा मिहिनेत गर्नुका साथै चुनौती झेलेर सफलतासमेत पाउन सकिन्छ । जागिरको खोजीमा रहेका व्यक्तिले आफ्नो परिश्रमको मिठो फल चाख्न पाउनेछन् । सेवारत व्यक्तिले बढुवा वा थप जिम्मेबारी पाउन सक्छन् । छात्रछात्राले पनि सङ्घर्षका बीचमा सफलता पाउने समय हो, तर विद्यार्थी आफ्नो लक्ष्यबाट बाहिरिएर बरालिने स्थिति उत्पन्न हुनेछ । यद्यपि कला, सङ्गीत र खेलकुदको क्षेत्रमा सफलता पाउनेछन् । पारिवारिक जीवनमा प्रेमभाव रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले नयाँ साल २०७९ अत्यन्त सुखद र परिणामदायी वर्षका रूपमा आउँदैछ । यो विद्यार्थीले राम्रो रिजल्ट निकाल्ने समय हो, युवायुवतीको विवाह सम्पन्न हुनेछ, जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन्, गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ, बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । नयाँ जोडीका लागि बेबीप्लान गर्न पनि उत्तम समय छ । व्यापार व्यवसायमा लाभ पाइनेछ । तर छात्रछात्रामा महत्त्वाकाङ्क्षा र हीनभावको विकास हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता