Logo

निर्वाचनको मुखमै आयोगले माधव नेपाललाई पठायो यस्तो पत्र,



 

 

काठमाडौ । चुनावको मुखमै माधव कुमार नेतृत्वको नेकपा (एकिकृत समाजवादीलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ । तीन दिन भित्र जवाफ बुझाउन माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई आयोगले पत्र पठाएको हो ।

सो पार्टीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै विषयमा तीन दिनभित्र जवाफ बुझाउन निर्देशन दिएको छ। सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले समाजवादी पार्टीलाई जवाफ पेस गर्न ध्यानाकर्षण गराइएको बताए।

समाजवादीले चैत २६ गते भृकुटीमण्डपमा आमसभा आयोजना गरेको थियो। आमसभामा आचारसंहिता उल्लंघन भएको गुनासो आमसञ्चार माध्यम र सामाजिक सञ्जालबाट आएको पौडेलले बताए। आचारसंहिता उल्लंघन गरेकोबारे प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन निर्देशन दिइएको छ,’ पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता