Logo

त्रिभुवन विमानस्थलबाट जापान जान लागेकी २७ वर्षीया युवती रंगेहात प क्रा उ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गो लीसहित एक युवती पक्राउ परेकी छन्। नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी तनहुँको भानु नगरपालिका(७ की २७ वर्षीया सोबिता नेपालीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

जाँच गर्ने क्रममा उनको झोलामा एक थान गो ली फेला परेको प्रहरीले बताएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। त्यस्तै, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ ।

नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितमा चार्टर्ड उडान गर्न लागेको हो । निगमको वाइडबडी जहाज आज राति ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिता उड्ने तालिका रहेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उनका अनुसार २५० यात्रु लिएर नारिता उड्ने वाइडबडी जहाज भोलिपल्ट काठमाडौँ फर्कनेछ । काठमाडाँै–नारिता गन्तव्यको उडान करिब साढे सात घण्टाको हुनेछ । निगमको नारिता चार्टर्ड उडान दोस्रोपटक हो । यसअघि चैत २८ गते निगमले नारितामा चार्टर्ड उडान गरेको थियो ।

निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ । निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन् । निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता ९जापान० चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ । निगमले जापानसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता