Logo

निर्वाचनमा तालमेलका विषयमा गठबन्धन दलबीच निर्णायक बैठक, आउँदैछ यस्तो संयुक्त अपिल



 

काठमाडौं । सरकारमा सहभागी दलहरुबीच स्थानिय तह निर्वाचनमा पनि तालमेल गर्ने विषयमा सोमवार निर्णायक बैठक सुरु भएको छ । गठबन्धन गरेका दलहरु बिचमा सहमति हुन नसकेको सन्देशलाई दिन आज संयुक्त वक्ताब्य जारी हुने पनि बताइएको छ । चिर्नका लागि पाँच दलीय गठबन्धनका शिर्ष नेताहरुले संयुक्त अपिल जारी गर्ने भएका छन ।

प्रधानमन्त्री निवास वालुवाटारमा सोमवार विहान देखि बसिरहेको सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुको बैठकमा संयुक्त अपिल जारी गर्ने बिषयमा सहमति भएको हो । उक्त सहमति पछि आजै अपिल जारी हुने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

गठबन्धनका मोडालिटी र मापदण्डका बारेमा शिर्ष नेताहरुसहित पाँच दलीय गठबन्धनको तयारी तथा अनुगमन संयन्त्रका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको बैठक जारी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता