Logo

स्थानीय तह निर्वाचन  : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट



सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ ।

आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् । राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आम नागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ ।

कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आम मानिस पनि । आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् ।

प्रतिमत दुई हजार रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका– १ कि ५५ वर्षिया राधा देवी रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् ।

‘गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,’ उनले भनिन् । भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् ।

पुरुषकै निर्देशनअनुसार महिलालाई भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् । २५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ ।

‘२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्,’ उनले भनिन् ।

बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनुपरेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता