Logo

बतास समुहले संचालन गरेको पशुपति धर्मशालाको होटलको गेटमा सरकारी टोलीले लगायो ताला



काठमाडौ । पशुपति धर्मशालामा होटल सञ्चालन गरेको बतास समूहले सरकारी टोलीलाई गेट बाहिरै रोके पछि सरकारी टोलीले गेटमै ताला लगाएको छ । शुक्रवार बिहान टोली धर्मशाला परिसरभित्र प्रवेश गर्न खोजेको थियो । तर, बतास समूहका प्रतिनिधिले टोली देख्नेबित्तिकै गेट बन्द गरेका थिए । सरकारी टोलीले सरकारको सम्पत्ती निरिक्षण गर्न पाउनुपर्ने भन्दै गेट खोल्न आग्रह गरे ।

त्यस विषयमा केही समय बतासका प्रतिनिधि र सरकारी टोलीबीच विवादसमेत भयो । बतास समूहका प्रतिनिधिले कानुनी उपचारमा रहेकाले सर्वोच्चको अन्तिम फैसला कुर्न आग्रह गरेका थिए । तर, सरकारी प्रतिनिधिहरूले भने आफूहरूले आफ्नो सम्पत्ति हेर्न पनि नपाउने भन्दै गेट खोल्न आग्रह गरे ।

सम्झौताअनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भंग गर्ने निर्णय गर्‍यो । तर, बतास समूहले भने कोषको पत्र बुझ्न मानेन ।

त्यसपछि पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकाल्यो । गत सोमबार गोरखापत्रमा निकालिएको सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन उल्लेख गरिएको छ । त्यसैले कोषले धर्मशाला खाली गराउनप्रयत्न गरेपनि बतास समूहले मानेको छैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता