Logo

गाउँपालिकाले दिने भयो एकल पुरुषलाई मासिक भत्ता



=

काठमाडौ । केही स्थानिय तहले आफ्नो क्षेत्रको आवश्यकता अनुसार सर्वसाधारणका लागि केही नयाँ र उल्लेखनिय सुविधा दिने निर्णय गरेका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए । तर त्यसका लागि केही प्रावधानहरु भने छन् । सबै एकल पुरुषहरुले यो सुविधा पाउने छैनन् ।

उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताए । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् ।

पालिकाको मंगलबार बसेको ९६औं बैठकले फागुन महिनादेखि लागू हुने गरी सम्मान स्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता