Logo

प्रधानमन्त्री देउवाले बोलाए गठबन्धनको बैठक



काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार विहान ११ः३० बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतालाई छलफलका लागि बोलाएको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता