Logo

फेरि पेट्रोलियम पदार्थको सार्वजानिक यातायतको मूल्यवृद्धि भएको भन्दै भक्तपुरका सडकमा मसाल जुलुस..



काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ। निगम संचालक समितिको मंगलबार बसेको बैठकले आजै राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।

गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि र सार्वजानिक यातायतको गरेको मूल्यवृद्धि बढेको भन्दै आज भक्तपुरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले मसाल जुलुस निकालेको छ । जुलुस शान्तिपुर्ण भएकोअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियने भक्तपुरका उपाध्यक्ष  अशोक महतराले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता