Logo

काठमाडौंको मेयरमा अभिनेता भुवन केसी उठ्ने



काठमाडौं । नेपाली चलचित्रका सदाबहार नायक भुवन केसी काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् । काठमाडौं महानगरपालिकाको मेयर पदमा अभिनेता भुवन केसी उठ्ने भएका छन्। उनले मेयरको उम्मेदवार बन्ने भन्दै निकटस्थसँग सहयोगको आग्रह गरेको बुझिएको छ ।

केसी सकभर कुनै ठूलो दलबाट मेयरको उम्मेदवार बन्ने प्रयासमा छन् । ठूला दलहरुले उनलाई उम्मेदवार बनाउने सम्भावना कमजोर छ । केसीले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यसबारे कुरा बढाएका थिए । तर, सकारात्मक जवाफ नआएपछि उनी अन्य दलहरुसँग छलफलमा रहेको विश्वस्त स्रोतले बताएको छ ।

काठमाडौको रैथाने भुवन केसी विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नजिक थिए । पछि नेकपा एमालेसँग नजिकिए । पछिल्लो समय उनी काठमाडौंको मेयर उठ्ने तयारीका साथ परामर्शमा लागेका छन् ।

पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौं महानगरका लागि मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको थियो। उन्नत लोकतन्त्र पार्टीको संवाद समितिले गरेको छलफलबाट केसीलाई परराष्ट्र विभागको विभागीय अध्यक्षसमेतको जिम्मेवारी दिइएको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता