Logo

उदयपुरमा आज बिहान झन्डै ७ बजेतिर ट्युशन पढ्न गएकी बालिका मृत अबस्थामा फेला



उदयपुर । उदयपुरमा १५ वर्षीया एक छात्राको ह’त्या भएको छ । बेलका नगरपालिका(३ मा कक्षा १० मा अध्ययनरत छात्रा कविता सुनुवारको ह’त्या गरिएको अवस्थामा शब फेला परेको प्रहरीले जनाएको छ ।

आज मङ्गलवार बिहान झन्डै ४ बजेको समयमा घरबाट ट्युशन पढ्न निस्किएकी १५ वर्षीया बालिका कविता सुनवार मृत भेटिएकी प्रहरीले जनाएको छ । स्थानीय कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको मंगलबार बिहान खोला किनारमा शव फेला परेको हो।

विद्यालय आउने क्रममा बाटोमै वि’भ’त्स ढं’गले ह’त्या भएको विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहले जानकारी दिएका हुन् । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा अध्ययनरत कविताको शब खोलामा फा’लिएको अवस्थामा फेला परेको हो । घरबाट ट्युशन पढ्न निस्किएकी कविताको बाटोमै वि’भ’त्स त’रि’काले ह’त्या ग’रेपछि खोलामा फालेको अवस्थामा फेला परेको उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहराले जानकारी दिए ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत बालिका माध्यमिक शिक्षा परीक्षा {एसईई) को परीक्षाको तयारीका लागि ट्युशन पढ्न बिहानै जाने गरेको खुल्न आएको छ ।

एसईईको परीक्षा नजिकिँदै गर्दा उनी ट्युशन पढ्न सधैँ बिहानै जाने गरेकी थिइन् । घटनास्थलबाट करिब सात सय मिटर पर विद्यालय छ भने उनको घर करिब दुई किलोमिटरको दुरीमा छ । स्थानीयवासीले घटनालाई ह’त्या भएको भन्दै नाराबाजी गरेका छन्। शवको प्रकृति हेर्दा ह’त्या भएको देखिए पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन ।

घटनाप्रति विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले विज्ञप्ती जारी गर्दै निष्पक्ष छानबिन र दोषीमाथि सजायको माग गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक सूर्यनारायण शाहले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै आम नागरिक र विशेषगरी बालबालिकाको जीउ ज्यानको सुरक्षाको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता