Logo

प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने



 

काठमाडैं । प्रधानमन्त्री शेरबहादुर देउवा ३ दिने भारत भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवासहित उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी भ्रमण दलमा देउवा पत्नी आरजु राणा पनि रहने छिन् । भ्रमण दलमा परराष्ट्र मन्त्री डा।नारायण खड्का, अन्य मन्त्री र सचिवहरु पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता