Logo

चीनले गर्यो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण



 

काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच चिनियाँ विदेशमन्त्री वाङ यीले उक्त विमानस्थल नेपाललाई हस्तान्तरण गरेका हुन् ।चिनियाँ विदेशमन्त्री वाङले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको साँचो परराष्ट्रमन्त्री डा नारायण खड्कालाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री वाङले त्यहींबाट भर्चुअल रुपमा सो विमानस्थलको समापन गरेका थिए । त्यसपछि विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ २२ अर्ब ऋण सहयोगमा निर्माण गरिएको हो । विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ ।

 

यी हुन् आज नेपाल र चीनबीच भएका ९ वटा समझदारी तथा सम्झौतापत्र

नेपाल र चीनबीच आज ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएपछि दुई देशका सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितीमा सम्बन्धीत अधिकारीले ती समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता