Logo

रोकिराखेको टिपरमा ठोक्कियो बस, चालकको मृत्यु



दैलेखमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको डुंगेश्वर गाउँपालिका–४ तल्लो डुंगेश्वरमा मंगलबार दिउँसो ३ बजे बस दुर्घटनामा रहेको छ।

सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेको ना ३ ख ५५१९ नम्बरको बस ब्रेक फेल भएर रोकिराखेको टिपरमा ठोक्किएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनका अनुसार चालकको ललित नेपालीको मृत्यु भएको छ।

वीरेन्द्रनगर नगरपालिका निवासी चालक नेपालीको उपचारका लागि सुर्खेत ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी

कार्यालयका प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। उनका अनुसार दुर्घटनामा १४ जना घाइते भएका छन्।

उनीहरूको अवस्था सामान्य रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता