Logo

साबधान ! बागमती प्रदेशमा बर्डफ्लु फैलिँदै, सर्तक रहन आग्रह



काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपक्ष विकास मन्त्रालयका अनुसार प्रदेशका छ जिल्लामा बर्डफ्लु फैलिएको छ । हालसम्म काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु देखिएको मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब रु तीन करोड भन्दाबढीको क्षति भएको अनुमान गरिएको छ ।

प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा सङ्क्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु देखिएका स्थानमा हालसम्म ५८ हजार २६१ पक्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४३९ केजी दाना सुरक्षित तरिकाले नष्ट गरिएको पनि सचिव पाण्डेले बताउनुभयो । देखिएका स्थानमा पूर्णरूपमा निःसङ्क्रमणका कार्य गरिएको र अन्यत्र फैलन नदिन नमूना सङ्कलन र निगरानी भइरहेकोसमेत मन्त्रालयका सचिव पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता