दशैं बिदाको पाँच दिन बैंक नखुल्ने, ३७ सय बढी कर्मचारीलाई कोरोना

काठमाडौं, कात्तिक ४ । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन् । फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो ।
नेपाल बैंकर्स संघले विज्ञप्ति निकाली कोभिड १९ का कारण बैंकका कर्मचारीसमेत प्रभावित भएकाले पाँच दिन शाखा खोल्न नसकिने जनाएको हो ।
यसैगरी, संघले तीन हजार सात सयभन्दा धेरै बैंक कर्मचारीमा कोरोना संक्रमण भएको पनि जनाएको छ ।
बैंकका शाखा खुलेर भौतिक कारोबार नभए पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित हुने संघले जनाएको छ ।
विगतका वर्षमा दशैं बिदाको समयमा पनि बैंकहरूले केही घण्टा खुलाउने व्यवस्था मिलाउने गरेका थिए ।