खोलाले निल्यो २ जनालाई
काठमाडौं । लुम्बिनी प्रदेश र यस प्रदेशको छिमेकी जिल्लामा सोमबार दुई जनाको शव फेला परेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका(१ सक्रहवास्थित रोहिणी खोलामा नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका हुन् । यस्तै पुर्व नवलपरासीको देवचुली नगरपालिका–१७ कुजौली घाटस्थित नारायणी नदीमा डुबेर धादिंङ निलकण्ठ नगरपालिका–९ बस्ने १६ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको छ ।