Logo

के ओलीले भनेजस्तै निर्वाचन सार्ने षडयन्त्र भइरहेको छ ?



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । उनले सत्ता गठबन्धन निर्वाचन सार्ने षडय न्त्रमा लागेको दावी गरेका हुन् । आयोगका आयुक्तको नियुक्ति बदर गर्नु भनेकै निर्वाचन सार्ने षडयन्त्र रहेको उनको भनाई छ ।

सोमवार बबरमहलको कार्की ब्यांक्वेटमा शुरू भएको एमालेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै निर्वाचन आयोग र सत्ता गठबन्धनले निर्वाचन प्रभावित पार्ने बारेमा गोप्य रुपमा छलफल भइरहेको दाबी गरेका हुन् । अझै पनि कलात्मक ढंगले, षड्यन्त्रपूर्ण रुपमा निर्वाचन सार्ने प्रयास भइरहेको छ । निर्वाचन आयोग र सत्तारूढ गठबन्धनबीचमा छलफल भइरहेको छ,’ ओलीले भने ।

अदालतबाट तीन जना आयुक्तको संवैधानिक नियुक्ति बदर गराएर दुई जना आयुक्तले मात्रै निर्वाचन गराउन सक्दैन भन्ने पारेर निर्वाचन प्रभावित गर्न खोजिएको ओलीले बताए ।

‘नियुक्ति बदर गरिदियो भने दुई जना आयुक्तले मात्रै निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ । हाम्रावि रुद्ध ष ड्यन्त्र हुने गरेको छ,’ ओलीले भने, ‘तीनजनाको नियुक्ति बदर गर्ने र दुई जनाले मात्रै निर्वाचन गर्न सकिँदैन भन्ने गरी षड्यन्त्र भइरहेको छ ।’ षड्यन्त्रको बिलभर्पाई नहुने भएकोले प्रमाण भने देखाउन नसकिने ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता