Logo

कुटनीतिज्ञ लिएर नेपाल आयो अमेरिकी सेनाको जहाज



 

काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर स्रोतका अनुसार युएस एयर फोर्सको जहाज शुक्रबार बिहान काठमाडौं आएको बताईएको छ ।

‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए । यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा चासोको बिषय बनेको छ । विभिन्न मान्छेले फोटा र भिडिओ राखेर अमेरिकी जहाज किन आएको भन्दै चासो व्यक्त गरेका हुन् । विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ।

संसद्बाट एमसीसी पास नभएसम्म अमेरिकी सैनिक आउने भनेर विरोध भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शुक्रबार बिहान अवतरण गरेको युएस फोर्सको जहाज पार्किङ गरिएको थियो । तर अहिले भने जहाज फर्किइसकेको छ ।

एकाबिहानै यूएस फोर्सको जहाज विमानस्थलमा अवतरण गरेपछि विभिन्न अड्कलबाजी भइरहेका छन् । यस्तोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले अमेरिकी सेनाको जहाज अमेरिकी कूटनीतिज्ञलाई लिएर काठमाढौं ।आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता