Logo

भोली काठमाडौंका यी क्षेत्रमा सवारी प्रवेश निषेध



 

काठमाडौं । फाल्गुन १७ गते मंगलबार पशुपति आसपासका क्षेत्रमा सवारी निषेध गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कालो पुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरी घाटबाट गौशालातर्फ जाने(आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ।

यस्तै पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई रोक लगाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा मंगलबार पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीको भिडलाई मध्यनजर गर्दै महाशाखाले ट्राफिक प्रबन्ध मिलाएको हो।

त्यसैगरी विभिन्न नाका भई भित्रिने भक्तजनको लागि छुट्टा(छुट्टै स्थानमा पार्किङको प्रबन्धसमेत मिलाएको महाशाखाले जनाएको छ।टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको व्यवस्था मिलाइएको छ भने पार्किङ गर्ने स्थानहरु समेत तोकिएको छ।

महाशाखाका अनुसार भक्तजनहरूका लागि सिफल चौर, गुह्येश्वरी पारी, पशुपति क्षेत्र विकास कोषको कार्यालय, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङस्थल तोकिएको छ। आवश्यक अनुसार थप सवारीसाधन ड्राइभर्ट गर्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता