Logo

एमसीसीविरुद्ध आज ४० भन्दा बढी दल सडकमा उत्रदै, माइतिघरदेखि कोटेश्वरसम्म प्रदर्शन गरिने



 

काठमाडौं । पचास करोड डलरको अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट ९एमसीसी०को विरोधमा आज ४० भन्दा बढी राजनीतिक दलले प्रदर्शन गर्दैछन् ।

एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन नगर्न दबाब दिन ४० भन्दा बढी दलले आज काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्मको सडकमा विभिन्न प्रदर्शनका कार्यक्रम राखेका हुन् ।

विरोधका कार्यक्रम विहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट जनवर्गिय संगठन÷मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम राखेका छन् । कार्यक्रम विहान ११ बजे माइतिघर मण्डलामा भेला भएर बानेश्वरतर्फ अघि बढ्ने आयोजकले बताएका छन् ।

संसदमा एक सदस्य रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एमसीसी सम्झौताविरुद्ध कोटेश्वरबाट विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । कार्यक्रम अनुसार कोटेश्वरबाट नारावाजी गर्दै संसद भवन रहेको नयाँ बानेश्वरसम्म प्रदर्शन गरिने छ । कार्यक्रम कोटेश्वरबाट विहान साढे ११ बजे सुरु हुने नेमकिपाले जनाएको छ ।

एमसिसी खारेज संयुक्त अभियान नेपालले पनि शंखमुलमा भेला भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । शंखमुलमा भेला नयाँ बानेश्वरसम्म नारावाजी गर्दै जाने कार्यक्रम अभियानको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)  नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसिसी सम्झौताविरुद्ध माइतीघर मण्डला देखि नयाँ बानेश्वर सहित देशभर विरोध प्रदर्शन तथा सभा गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजे माइतिघर मण्डमा भेला नयाँ बानेश्वरसम्म प्रशर्दन गरिन ती दलले जनाएका छन् ।

नेकपा माले सहित २२ दलिय मोर्चाले पुरानो वानेश्वरमा भेला भई नयाँ बानेश्वर पानिट्यांकीसम्म एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्ने बताएको छ ।

शाही शक्ति नेपाल, स्वतन्त्र नागरीक समाज, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस समाजवादी, नेपालको लागि नेपाली पार्टी लगायतका पार्टी तथा अभियन्ताहरूले पनि एमसीसी विरुद्ध विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेका छन् । मध्यान्ह १२ बजे बबरमहलमा जम्मा भई प्रदर्शन गर्दै नयाँ बानेश्वर जाने उनीहरुको कार्यक्रम छ ।

एमसीसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले मध्यान्ह १२ बजे बिजुली बजार पुलबाट प्रदर्शन सुरु गर्ने जनाएको छ ।राष्ट्रवादी केन्द्र नेपालले मध्यान्ह १२ बजे माइतिघर मण्डमा जम्मा भई एमसीसीविरुद्ध विरोध प्रदर्शन गर्दै नयाँ बानेश्वर पुग्ने कार्यक्रम राखेको छ ।

शाही युवा शक्ति नेपालले मध्यान्ह साढे १२ बजे बबरमहलमा जम्मा भई एमसीसी विरुद्ध विरोध नारावाजी गर्दै नयाँ बानेश्वर जाने कार्यक्रम राखेको छ ।यस्तै, नेकपा ९माओवादी० ले देशभर एमसीसीको विरोधमा बहस तथा अन्तर्क्रिरया कार्यक्रम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता