गृह मन्त्रालयले भन्यो–कर्फ्यु लगाउने योजना छैन

काठमाडौं । गृह मन्त्रालयले कर्फ्यु लाग्ने कुनै सम्भावना नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रवक्ता चक्रबहादुर बुढाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित गरेको पाइएकाले मन्त्रालयको ध्यानाकर्षण भएको छ । उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।”