भैरहवाको पेट्रोल पम्पमा आगलागी, ट्याङ्कर जलेर नष्ट

काठमाडौं । रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी भएको छ। सोमबार साझँ भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागी भएको हो ।
लु २ ख १५४१ नम्बरको टयाङ्करबाट डिजेल खन्याउने क्रममा आगलागी भएको जनाइएको छ । आगलागी हुँदा ट्याङ्कर जलेर नष्ट भएको जनाइएको छ ।
अहिले तीन वटा दमकलबाट आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्याङ्कर जलेर नष्ट भएपनि पम्प आगलागी हुनबाट जोगिएको बताइएको छ ।