Logo

कोरोनाको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक



काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार विपन्‍न, अशक्त, असहाय, एकल महिला, अतिअपांगता भएका, ७० वर्षमाथिका जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले कोरोनाको निस्शुल्क परीक्षण तथा उपचार सरकारबाट पाउने बताइएको छ ।

मन्त्रालयका अनुसार निःशुल्क उपचार पाउने विपन्नमा विपन्न परिचयपत्र वा विपन्न नागरिकलाई उपचारसम्बन्धी निर्देशका अनुसारको सिफारि, अशक्तता भएकाहरुले अशक्तताको प्रमाणपत्र, अपांग भएकाले अपांगताको प्रमाणपत्र, एकल महिलाले एकल महिलाको प्रमाणपत्र र अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायतले सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिस भएमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने बताइएको छ ।

यस्ता छन् मापदण्ड

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता