काठमाडौँ मेडिकल कलेजको तीन तलाबाट हाम फालेका बिरामीको मृत्यु

काठमाडौँ- काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलाबाट हाम फालेका एक बिरामकी मृत्यु भएको छ ।
प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको उपचारका क्रममा मृत्यु भएको हो ।
खड्काको मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको बताइएको छ ।
कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला उनी अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।