Logo

असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र जवान २३ दिनअघि मृत भेटिएका थिए



कैलाली, कार्तिक ३ । धनगढीमा असईको हत्या भएकै क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी पनि डेढ महिना अघि मृत फेला परेका थिए ।

उप–महानगरपालिकाको वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक हत्या गरेको अवस्थामा मृत फेला परेकै क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी जवान कुमार सारु मगर मृत भेटिएका थिए ।

सशस्त्र प्रहरीको बिओपी जुगेडामा कार्यरत सारुमगर असोज ९ गते डिउटीमै रहेका बेला वेपत्ता भएका थिए ।

उनी असोज १० गते दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारी स्थित खुटिया नदीमा मृत भेटिएका थिए ।

नदीमा डुबेको अवस्थामा मृत भेटिएका सारुमगरको हत्या वा आत्महत्या के हो? भन्ने कुरा खुलेको छैन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी जवान मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता