Logo

सरकारले भन्यो- कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नू



काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न आग्रह गरेको छ। फ्रन्टलाइनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, जोखिम क्षेत्रका कामदार तथा असहायहरूमा लक्षण देखिएमा मात्र कोरोना परीक्षण र उपचार गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यसबाहेकका सबैले आफ्नै खर्चमा परीक्षण तथा उपचार गर्नुपर्ने समेत उनले स्पष्ट पारे। यो निर्णय कात्तिक २ गतेबाट नै लागू गरिएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो समय सरकार कोरोना भाइरस परीक्षण तथा उपचारको दायरा घटाउँदै लगेको छ। सुरुमा सबैको कोरोना परीक्षण गर्ने गरिएकोमा केही समयअघि दायरा घटाएर लक्षण भएका आशंकितहरूको मात्र परीक्षण गर्न थालेको थियो।

सरकारले होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएमा समेत आफै शव व्यवस्थापन गर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता