Logo

कोलकत्ताकी मान्सीको नेपाल मोह : नेपाल नआउनेलाई पछुतो लाग्ने भिडियो बनाइन ( भिडियो )



भारतको कोलकत्तामा जन्मिएकी मान्सी अग्रवाललाई नेपालको संस्कार, सांस्कृतिक रहनसहन र प्राकृतिले मोहित तुल्यायो । उनले नेपालाी युवकसंग विवाह गरिन् । उनी भन्छिन्, ‘मैले यहाँ मेरो वयस्क जीवनको अधिकांश समय बिताएको छु।’

उनी अहिले भारत र विदेशका साथीहरूलाई लगातार नेपाल भ्रमणको लागि निम्तो दिन व्यस्त रहेको बताउछिन् । उनले आफ्नो सामाजिक सञ्जालमा एक छोटो भिडियो शेयर गरेकी छन्। जुन भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले आफ्नो भिडियोमार्फत नेपालको सुन्दरताको बारेमा बयान गरेकी छन् ।

नेपालको भ्रमण किन गर्ने भनेर उनले ७ वटा कारणहरु भिडियोमा उल्लेख गरेकी छन् । ति हुन् मौसम, प्राकृतिक सुन्दरता, जैविक विविधता, संस्कृती, खाना लगायतका सात वटा कुराहरु ।

काठमाडौंको मौसमा उनी खुब रमाएको बयान उनले आफ्नो भिडियोमा भनेकी छन् । उनका पति, एक नेपाली युवकले उनलाई भक्तपुरको दरबार स्क्वायर र केही अन्य सम्पदा स्थलमा लगे। उनले आफ्नो आँखालाई विश्वास गर्न सकिनन् । त्यसबेला मान्सीलाई अनुभव भयो कि, यहाँ त गल्ली र गल्छेँडाहरुमा समेत जीवन्त संग्रहालय रहेछन् ।

मान्सी अग्रवाल १४बर्ष अघि नेपाल आएकी थिइन् । छिट्टै काठमाडौंस्थित एक उद्यमीसँग बिहे गरे। मान्सी अहिले ८ वर्षको सन्तानको आमा समेत हुन । उनले नेपाललाई एक अविष्मरणीय स्थल बनाउनका लागि भिडियो बनाएकी छन् । उक्त भिडियो बनाउनुको उद्देश्य उनका नेपाल आउन नचाहने साथीहरुलाई नेपाल नआएकोमा पछुतो महसुश गराउनु रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता