Logo

अष्ट्रियामा नेपाली महिलाले गरिन् तीन नाबालक सन्तानको घाँटी दबाएर हत्या



काठमाडौं : अष्ट्रियामा एक नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी छन्। स्थानीय अनलाइनले जनाए अनुसार ३१ वर्षकी ती नेपाली महिलाले आफ्ना तीन सन्तानको हत्या गरेकी हुन्।

३ र ९ वर्षका दुई छोरी र ८ महिनाका छोराको उनले हत्या गरेकी हुन्। पहिलो अटोस्पी रिपोर्टले उनीहरुको हत्या भएको देखाएको हो। ९ वर्षकी छोरीलाई सिरानीले घाँटी र मुख दबाएर हत्या गरिएको खुलेको छ। प्रहरीले अन्य दुईको पनि सोही प्रकारले हत्या गरेको हुन सक्ने आशंक गारिएको छ।

बाँकी दुईको पनि अटोस्पीको तयारी भइरहेको छ। प्रहरीले उनीहरु पनि सोही किसिमले घुटन भएर मरेको हुन सक्ने बताएको छ।

यो विश्वास गर्न नसकिने घटना वैवाहिक समस्याका कारण भएको हुन सक्ने बताइएको छ। ती महिला आफ्ना श्रीमानसँग छुट्टै बस्दै आएका थिए। उनका श्रीमानसँग पनि प्रहरीले वयान लिने तयारी गरिरहेको छ। ती महिलालाई हिरासतमा लिने विषयमा निर्णय भइनसकेको बताइएको छ।

शव बरामद गर्ने प्रहरी अधिकारीहरुलाई मनोवैज्ञानिक उपचार गरिएको छ। साथै ९ वर्षकी बालिकाका सहपाठीहरुलाई पनि सोही प्रकारको निरिक्षण गरिने बताइएको छ।

ती महिलाले प्रहरीलाई शनिवार बिहान स्थानीय समय अनुसार ५:२० मा फोन गरेकी थिइन्। त्यस लगत्तै उनको अपार्टमेन्टमा प्रहरी हतार गर्दै पुगेको थियो। ती महिलाले प्रहरीसँग आफूलाई मार्न लागेको बताएपछि फस्ट इमरजेन्सी सर्भिस मार्फत प्रहरी तत्काल त्यहाँ पुगेका थिए।

प्रहरीले अपार्टमेन्टमा खानतलासी गर्दा ८ महिनाको बालक र तीन वर्षकी बालिका मृत फेला परेका थिए। ९ वर्षकी बालिका जीवितै रहने आशमा अस्पताल पुर्‍याए पनि १ घण्टापछि उनको पनि मृत्यु भएको थियो।

समाचार रिपोर्ट अनुसार वर्षौँ सम्म अष्ट्रियामा बस्दै आएकी ति महिला कान्छो छोराको जन्मसँगै मानसिक रुपमा विछिप्त भएको बताइएको छ। ४४ वर्षका श्रीमानसँग छुटिएर बसेकी थिइन्। ती महिला सँधै आफ्ना सन्तान गुमाउने डरमा रहँदै आएका थिए। उनका श्रीमानलाई अपार्टमेन्टमा प्रवेश गर्न रोक लगाइएको थियो। जुन गत सेप्टेम्बरमा सकिएको थियो। र ती महिलाले त्यसलाई बढाउन आग्रह गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता