Logo

देउवा वि रुद्ध गगन थापाको अन्तिम प्रयास, मतदानअघि गरे यस्तो निर्णय



 

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन अघि सम्म युवा नेताहरुले नेतृत्व परिवर्तनको आवाज बुलन्द पारेका थिए । सभापतिको उम्मेदवार बनेका संस्थापन इतरका सबै नेताहरुले आफुहरुको प्रयास नेतृत्व परिवर्तनको लागि भएको बताएका थिए । तर जब पहिलो चरणको निर्वाचन सकियो त्यसपछि यि सभापतिका उम्मेदवारको बोलि फेरीयो ।

सबैले शेरवहादुर देउवालाई समर्थन गर्ने बताए । प्रकाशमान सिंह, विमलेन्द्र निधि सहितका सभापतिका उम्मेदवारले नै देउवालाई समर्थन गर्ने भएपछि अब देउवा बलियो दावेदार बनेका छन् । तर युवा नेता गगन थापा भने अन्तिम अवस्था सम्म पनि आफ्नो भनाईमा अडिग छन् । नेपाली कांग्रेसका नेता एवं महामन्त्रीका उम्मेदवार गगन थापाले पहिलो चरणको निर्वाचनमा व्यक्त अभिमतले नेतृत्व परिवर्तनको अभियानलाई अनुमोदन गरेको बताएका छन् ।

उनले दोस्रो चरणको निर्वाचन हुनुपूर्व अपील जारी गर्दै थापाले पार्टी नेतृत्व परिवर्तनका लागि असाधारण निर्णय लिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन् । महाधिवेशनलगत्तै सुरू हुने तीनै तहको निर्वाचनका लागि कांग्रेस नेतृत्वमा परिवर्तन आवश्यक रहेको थापाले उल्लेख गरेका छन् ।

‘संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ । के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ?  हामी सँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ ’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता