Logo

६ बजेर ५६ मिनेटमा गयो भूकम्प, मानिसहरु घरबाट बाहिर सडकमा निस्किए



काठमाडौं । भारतमा जोडदार भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनसीएस) का अनुसार स्थानीय समयानुसार साँझ ६ बजेर ५६ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु राजस्थानको बिकानेरबाट ३८१ किलोमिटर उत्तरपश्चिममा रहेको थियो । तीव्रता कम भएकाले हालसम्म कुनै क्षति नभएको तर भूकम्पको धक्का महसुस हुनासाथ मानिसहरु घरबाट बाहिर सडकमा निस्केका थिए ।

एनसीएसका अनुसार जोधपुरको दक्षिणपश्चिममा बिहान २ः२६ बजे भूकम्प गएको भएपनि मानवीय तथा भौतिक क्षति भने भएको छैन । त्यसैगरी रातिको समय भएकाले धेरैलाई थाहा पनि भएन् ।
जसकारण लामो समयसम्म आतंकको वातावरण रहेको थियो । प्रशासनले सबैलाई शान्ति कायम गर्न अपिल गरेको छ । भूकम्पलाई ४।३ रेक्टर स्केलमा मापन गरिएको छ । यसअघि १९ नोभेम्बरमा राजस्थानको जालोरमा भूकम्प गएको थियो, जसलाई ४।६ रेक्टर स्केल मापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता