Logo

काठमाडौमा आज यो वर्षकै वढी जाडो, कति मा झर्यो तापक्रम ?



काठमाण्डौ । काठमाण्डौमा आज (आइतवार)  यो वर्षकै बढी जाडो भएको छ । काठमाडौको न्यूनतम तापक्रम आइतवार यस वर्षकै सबैभन्दा कम मापन भएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।

हिजोको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आज अधिकतम तापक्रम पनि १९ देखि २१ डिग्री सेल्सियसम्म रहने अनुमान गरिएको छ । न्यूनतम र अधिकतम तापक्रम घट्दा बिहान बेलुका चिसो बढ्दै गएको छ । रातिको मौसम सफा हुँदा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ ।

देशका धेरै ठाउँमा अहिले हुस्सु, कुहिरो लागेको छ । अहिले बिहान लागेको हुस्सु, कुहिरो बिस्तारै हट्दै गइ घाम लाग्ने मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । अहिले तराई क्षेत्रमा पनि बिहान बाक्लो हुस्सु लाग्ने क्रम बढेको छ । अब पहाडी जिल्लामा हुस्सु पनि बढ्दै जाने मौसमविद् बासीले बताउनुभयो ।

उहाँका अनुसार आज काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम आंशिक बद्ली रहने छ । यस्तै, भोलि भने पश्चिमी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता