Logo

बिराटनगरमा यी युवा चोरी गर्न घरको झ्यालबाट छिर्दै थिए, अकस्मात लडेपछि भयो यस्तो हालत‘



 

चोरी गर्ने एक युवाको प्रयास असफल भएको छ । त्यति मात्र होइन उनी घाइते समेत भएका छन् । यो घटना विराटनगर महानगरपालिकाको हो । त्यहाँ वडा ८ मा रहेको हेमकुमारी भुजेलको घरमा चोरी गर्न ती युवक गएका थिए । तर उनी चोरी गर्न नपाउँदै लडेर घाइते भएका छन् ।

मोरङको कटहरी गाउँपालिका–२ का २५ वर्षीय सतिस विश्वास बिहान साढे २ बजेतिर लडेर घाइते भएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विश्वास चोरी गर्ने उदेश्यले भुजेलको घरमा छिरेको पाइएको छ । घरधनीले थाहा पाएर होहल्ला गर्न थालेपछि भाग्ने क्रममा उनी छिमेकी अजिम यादवको २ तले घरको छतमा पुगेका थिए ।

यादवको घरबाट हाम फालेर भाग्न खोज्दा लडेर विश्वास घाइते भएको डिएसपी श्रेष्ठले बताए । घाइते युवाको टाउको, हात र खुट्टामा चोट लागेको छ । गम्भीर अवस्थाका उनलाई कोसी अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता