Logo

विप्लव नेकपा माओवादी प्रवेश गर्न लागेका हुन्  ? गरे यस्तो संकेत



 

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने संकेत माओवादीका अध्यक्ष प्रचण्डले गरेका छन् । उनले नेत्रविक्रम चन्द विप्लवलाई पनि आफ्नो पार्टीमा प्रवेश गराउन प्रतिक्षारत रहेको बताएका छन्। सबै माओवादी घटकहरुलाई एक बनाउने प्रयासमा रहेका प्रचण्डले विप्लव पनि आफ्नो पार्टीमा आउने आशा ब्यक्त गरेका छन् ।

शुक्रबार बिहान पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लवलाई पनि आफ्नो पार्टीमा छिट्टै भित्र्याउन आफू आतुर रहेको बताएका हुन्।

‘म छिट्टै अरू साथीहरूलाई, छिट्टै विप्लवजीहरूलाई पनि यहाँ हात मिलाउने, अंकमाल गर्ने दिनको प्रतीक्षामा छु,’ प्रचण्डले भने। विप्लव जनयु द्ध कालका प्रचण्डका सहयात्री हुन्। अहिले उनी नेपाल कम्युनिस्ट पार्टीका महासचिव छन्।

विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुराना सहयात्रीहरू मोहन वैद्य किरण, विप्लवलगायत नेतृत्वका कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियानमा आफू रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता