Logo

आज दिनभरको मौसम कस्तो रहला ?



काठमाडौं – आइतबार देशका धेरैजसो स्थानको मौसम सफा रहनेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रहेको छ भने अन्य भूभागको स्थानको मौसम सफा रहेको छ ।

आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सफा रहनेछ । त्यस्तै प्रदेश १ मा हल्का बदली रही एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ।

आज राति पनि प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश १ का एक दुई स्थानमा हल्का पानी पर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता