Logo

हुम्लास्थित नेपाली भूमी अतिक्रमण गरी गाउँ बनाइएको क्षेत्र आफ्नो भएको चीनको दाबी



काठमाडौं, १ कात्तिक । चीनले हुम्लास्थित अतिक्रमित नेपाली भूमिमा बनाएको भवन रहेको क्षेत्र आफ्नो भएको दाबी गरेको छ । उसले उक्त क्षेत्र चीनको स्वशासित क्षेत्र तिब्बतको बुराङमा पर्ने दाबी गरेको छ ।

चीनको विदेश मामलासम्बन्धी विषय सार्वजनिक हुनेगरेको ग्लोबल टाइम्समा अन्तवार्ता दिदै हुम्लासँग जोडिएको बुराङ क्षेत्रका अधिकारीले नेपाली भूमिमा बनेको भवन आफूहरुको भूगोलमा पर्ने दाबी गरेका हुन् । बुराङका विदेश मामलासम्बन्धी अधिकारी बासीले सैन्य र स्थानीय जानकारहरु बसी नापनक्शा गरी गत मे महिनामा चिनियाँ क्षेत्रमा गाउँ नै बनाउने टुंगो लगाइएको बताएका छन् ।

चिनियाँ पक्षको आरोप- नेपाली काँग्रेस ‘भारतपरस्त’

बासीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ, ‘उक्त गाउँ सबै चिनियाँ भूगोलभित्र पर्छ र सबैभन्दा नजिकको भवन चीन र नेपालको सीमाबाट एक किलोमिटर पर पर्छ ।’ उनले गाउँ बनाउने कार्य लगभग अन्तिम चरणमा पुगेको समेत बताए ।

ग्लोबल टाइम्सले केही नेपाली जनताले गाउँ बनाइएको विषयमा प्रश्न उठाएको उल्लेख गरेको छ । त्यसपछि चिनियाँ पक्षले उक्त गाउँ चीनको बुराङ क्षेत्रमा निर्माण गरिएको उल्लेख गरेको छ । उक्त गाउँ सीमा व्यापार प्रवद्र्धनका लागि बनाइएको बासीको भनाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ । उक्त गाउँ निर्माण गर्दा नेपालको सीमामा तैनाथ सुरक्षाकर्मीासँग कुनै विवाद नभएको समेत भनिएको छ ।

पिलर १२ लाई नाघेर चीनले नेपाली भूमि अतिक्रमण गरी गाउँ बनाएकोबारे सोधिएको प्रश्नमा चिनियाँ अधिकारी बासीले गाउँ पिलर ११ र १२ को बीचमा चिनियाँ क्षेत्रमा निर्माण गरिएको दाबी गरे । सीमारेखा पनि हिमालको प्रचलन अनुसार बनाइएको बताए । उनले नेपाली सीमा टोलीले गल्ती गरेको हुनसक्ने दाबी समेत गरे । नेपाल र चीन दुवैको टोली बसेर तीनपटक संयुक्त रुपमा सीमाको निगरानी गर्दा कुनै समस्या नभएको निष्कर्ष समेत निकालिएको उनको भनाई छ ।
नेपाल चीन सीमा सन्धी अनुसार पिलर नम्बर ११ र १२ बारे समेत ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नेपालस्थित चिनियाँ दुतावासले सीमाबारे स्पष्ट पारिसकेको र नेपाली अधिकारीले समेत चीनले नेपाली भूमि अतिक्रमण नगरेको जनाइसकेको समाचारमा भनिएको छ । तथापि केही भारतीय मिडियाले नेपालीको भवनालाई तोडमोड गर्न खोजेको र यसलाई चीन र भारतबीचको सीमा विवादसँग जोडेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता