Logo

पर्सामा सुन भण्डार गरिएको ठाउँमा प्रहरीको छापा, साढे २२ किलो सुन बरामद



पर्सा । चाडपर्वको मौका छोपी अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको छ । अवैध तरिकाले ओसार पसार गरी सुन भण्डारण गरिएको ठाउँमा पर्सा प्रहरीले छापा मारेको हो ।

शनिबार मध्यान्ह छापामारी गर्दा प्रहरीले साढे २२ किलो सुन बरामद भएको पर्सा प्रहरीले जनाएको छ । विस्तृत विवरण सार्वजनिक गर्न भने पत्रकार सम्मेलन गर्ने पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक मनोजित कुँवरले बताए । सुन जस्तो देखिने धातु पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा रहेको ६ नं. गेट नजिकको गणेश अपार्टमेन्टमा भण्डारण गरिएको फेला परेको उनको भनाइ छ ।

सुनचाँदी व्यवसायीहरुका अनुसार यो अपार्टमेन्ट राजु दारुकाको हुन सक्ने अनुमान गरिएको छ । सुनचाँदी व्यवसायीहरुको त्यहाँ कुनै पनि दोकान वा भण्डारण केन्द्र छैन सुनचाँदी व्यवसायी महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष प्रवेश सर्राफले बताए । दारुका पहिले पनि सुन काण्डमा विवादमा पर्दै आएका व्यक्ति हुन् ।

सुन अवैध तरिकाले ओसारपसार र स्टोर गरिएको भन्ने सूचना अनुसार प्रहरीले शनिबार दिउसो छापामारी गर्दा साढे २२ केजी जति पहेंलो धातु बरामद भयो । अझ ठोस परिणाम भने नापतौल गरी सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ । नीलो प्लाष्टिकमा प्याक गरिएको पहेंलो धातु ( सुन ) भारी मात्रामा बरामद गरिएको चाही हो पर्साका प्रहरी नायव उपरिक्षक कुँवरले भने । विस्तृत विवरण भने केही वेर पछि पत्रकार सम्मेलन नै गरी बताउँछौं उनले थपे ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता