Logo

नातिको लिए हजुरबुवाको ज्यान



काठमाडौं – धनकुटामा नातिले हजुरबुवाको ज्यान लिएका छन् । सहिदभूमि गाउँपालिका १ कोलबोटेका २७ वर्षीय नाति अबिनाश राईले ९० वर्षीय हजुरबुवा फत्तबहादुर राईमाथि सोमबार कुटपीट गरेका हुन् ।

अबिनाशको कुटपिटबाट गम्भीर घाइते भएका हजुरबुबा भत्तबहादुरको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट फत्तबहादुरको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो । यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता