‘ब*लात्कारी सङ्गठन’ नामक पेज बनाएर अ*श्लिल पोष्ट गर्ने एक जना प*क्राउ

काठमाडौं – ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल पोष्ट गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेका छन् ।
उनले ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गरेका थिए । उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।