Logo

कात्तिक २ देखि ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द



ललितपुर – ललितपुरमा कात्तिक २ देखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सुचना जारी गर्दै जिल्लामा अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरिएको जानकारी गराएको हो ।

सुचनामा कात्तिक २ देखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको अवस्थामा सावैजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड अत्यधिक भई संक्रमण सेवाग्रहीसम्म फैलन सक्ने जोखिम रहेका कारण कोरोनाको संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला कोरोना व्यवस्थापन केन्द्र, सबै सरकारवाला निकाय, सुरक्षा निकायसमेतसँगको छलफल, परामर्शका आधारमा कात्तिक २ देखि अर्को सूचना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा स्थगिथत गरिएको सुचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता