Logo

माधव नेपालको यस्तो निर्णयले ओलीलाई फेरी लाग्यो अर्को झट्का



 

काठमाडौ । नेकपा एमाले विभाजन पछि केन्द्र देखि प्रदेशहरुमा पनि एमाले सरकार ढलेको छ । करिब दुई महिना अघि बागमती प्रदेशमा एमालेवाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सरकार पनि ढल्ने अवस्थामा पुगेको छ । उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन् । माधव कुमार नेपालको समर्थनमा मुख्यमन्त्री बनेकी शाक्यले गुट फेरेका कारण नेपालको पार्टी नेकपा एकिकृत समाजवादीले समर्थन नगर्ने भएको छ ।

जसका कारण मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमाले विभाजित भएर बनेको नेकपा ९एकीकृत समाजवादी० पार्टीले समर्थन फिर्ता लिएसँगै एमाले उपाध्यक्षसमेत रहेकी शाक्य नेतृत्वको सरकार औपचारिक रूपमा अल्पमतमा परेको हो ।

नेकपा ९एकीकृत समाजवादी० पार्टीले आइतबार प्रदेश सभा सचिवलाई पत्राचार गर्दै शाक्य नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी गराएको छ । प्रदेश सभा सचिवालयमा आइतबार बसेको एकीकृत समाजवादीको पहिलो बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नदिने निर्णय गरेको हो । प्रदेश सभा सचिवलाई पठाइएको पत्रअनुसार निर्वाचन आयोगबाट संसदीय दलको मान्यता प्राप्त एकीकृत समाजवादीका १३ जना प्रदेश सभाका सदस्य भइसकेका छन ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको नेतृत्वको सरकारलाई यस दलको समर्थन नभएको जानकारी गराउने निर्णय गरेको हुँदा आजैका मितिदेखि समर्थन नभएको जानकारी गराउन चाहन्छु भनी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभा सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता