Logo

दुखद् खबर : काठमाडौं आउँदै गरेको जिप पल्टियो, एक जनाको मृत्यु



काठमाडौ । ओखलढुंगावाट काठमाडौ आउँदै गरेको जीप मानेभन्ज्याङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप ९ जना घाइते भएका छन् । जसमध्य केहीको अवस्था गम्भिर छ ।

मानेभन्जयाङ गाउँपालिका–६ हिलेपानीमा आइतबार दिउँसो बा ११ च ५२१० नम्बरको जिप सडकबाट ५० मिटिर तल खस्दा एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।। जिप सिद्धिचरण नगरपालिका–२ ठूलाछापको निशंखेबाट यात्रु लिएर काठमाडौँ जाँदै थियो।

दुर्घटनामा बारा घर भएका ४० वर्षीय पृथ्वीबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। जिपमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा नौ जना घाइते भएका छन्।

घाइतेमध्ये एकजना शिशुसहित चारजनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए। गम्भीर घाइते चारजनालाई उपचारको लागि काठमाडौं लगिएको छ। तीव्र गतिको कारण जिप पल्टिएको अनुमान प्रहरीले गरेको छ। फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता