Logo

आँखाको सल्यकृया गर्दा १७ लाख ऋण लाग्यो, बेल्जियमको सपना पनि तुहियो अनि राखे अस्पतालमै ब म



काठमाडौ । केही दिन अघि होटलको बिल तिर्न नपरोस भनेर डराउनका लागि नक्कली ब म राखेको घटना सेलाएको छैन । त्यस्तै प्रकृतिको अर्को घटना फेरी काठमाडौंको पुरानो बानेश्वमा भएको छ । त्यहाँको एक आँखा अस्पतालवाट फिरौती लिनका लागि ब म राखेको खुलासा भएको छ । पुरानो बानेश्वर स्थित मात्रिका आँखा अस्पतालमा ब म राखेका छौं भन्दै अस्पताल प्रशासनलाइ ध म्की दिने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले अस्पतालसंग ३ करोड रुपैया मागेका थिए । प्रहरीले आइतबार परिसरमा पत्रकार सम्मेलन गरी गरेर घटनामा संलग्नहरूलाई सार्वजनिक गरेको छ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाण्डौं फुटुङ बस्ने २५ वर्षीय आशिष कुँवर, उनका भाइ २० वर्षीय अभिषेक र रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ खोलावाङका ४० वर्षीय अम्मरबहादुर रोक्का मगरलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले त्यहाँका डाक्टरलाई विहिवार फोन गरेर अस्पताल र तिम्रो घरमा ब म राख्छौं भनेर चेतावनी दिएका थिए । घर परिवारलाई सुरक्षित राख्न मन भए तीन करोड रुपैयाँ लिएर नागढुंगा लिएर आउन भनेका थिए।

सो दिन उनीहरूले अस्पतालको तेस्रो तलाको शौचालयमा ब म राखेको बताएका थिए। उनीहरूले अस्पतालका रिसेप्सनिष्ट पूर्णबहादुर दोङलाई पनि फोन गरेर त्यसै भनेका थिए । दोङलाई फोनमा भनिएको थियो९ तपाईंहरू दुई मिनेटभित्र सबैजना बाहिर जानुस् हामीले ब म राखेका छौं। तर उनले तिनीहरुको कुरा विश्वास गरेनन् । अस्पताल प्रशासनलाई खबर भने गरेका थिए ।

अस्पताका कर्मचारीले विश्वास नगरेपछि उनीहरु म्यासेज पनि पठाएर ब म प ड् का उने चेतावनी पनी दिए । ुप्रहरीलाई खबर गरेमा हाम्रो हातमा रिमोट कन्ट्रोल छ, चार वटा ब म तपाईंको घरमा पनि हुनसक्छ वा अन्यन्त्र पनि। पत्रकार सम्मेलनमा सिंहले भने।

सेनाको डिस्पोजल टोली पनि घटनास्थल पुगेको थियो। उक्त ब म तर्साउनलाई मात्रै राखेको डिस्पोजल टोलीले बताएको थियो यद्यपी त्यसमा के९कस्ता वि स्फो टक पदार्थहरू थिए भन्ने बारेमा परीक्षण गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए। अस्पतालको सीसीटीभी क्यामेराको आधारमा उनीहरुको खोजी गरिएको थियो ।

उनीहरूमाथि सोधपुछ गर्दा घटनाको कारण बाहिरिएको हो। सिंहका अनुसार आशिष कुँवरले उक्त अस्पतालमा आफ्नो आँखाको शल्यक्रिया गरेका थिए। जसकारण उनले अस्पतालका कर्मचारी देखि डाक्टरहरू समेतको सम्पर्क नम्बर लिएका थिए।

उनले सो शल्यक्रिया गर्नलाई सहकारीबाट १७ लाख रुपैयाँ ऋण लिएका थिए। जुन उनले चुक्ता गर्न सकेका थिएनन्। साथै उनी बेल्जियम पनि जान चाहिरहेका थिए। उनले त्यसको लागि आवेदनसमेत दिइसकेका थिए, तर उनीसँग पैसा थिएन। त्यसैले उनी यि सबै समस्या समाधानका लागि पैसाको खोजीमा थिए ।

आशिष बिजुली मर्मत गर्ने काम तथा होटलमा मजदुरी समेत गर्ने गर्थे। त्यही सीप प्रयोग गरेर उनले ध म्की दिन ब म समेत बनाएका थिए । उनले आफैले पनि युट्युववाट हेरेर ब म बनाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता