Logo

संसदमा ओलीले आफै अगाडी गरे नारावाजी, कसरी विरोध गर्ने भन्दै आफ्ना सांसदलाई दिए निर्देशन  ?



 

काठमाडौ । नेकपा एमालेका सांसदहरुको नारावाजीका कारण संसदको बैठक तीन दिन देखि प्रभावित छ । प्रतिनिधिसभाको आइतवारको बैठक पनि सुरू हुनासाथ नेकपा एमालेका सांसदले नाराबाजी गरेर अवरोध गरेका छन् । नारावाजी पछिि सभामुख अग्नी प्रसाद सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले आजको बैठकमा पनि रोस्टम अगाडि नारावाजी गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो। आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए।

नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी थिए। यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए। तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका हुन्।

यसअघिका बैठकहरुमा एमाले सांसदहरुले अर्काको बुई चढेर विरोध गरेपछि आलोचना भएको थियो । केही सांसदहरुले मर्यादा विपरित अभिब्यक्ति पनि दिएका थिए । आइतवार संसद बैठक सुरु हुनुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले बुइँ चढेर रोष्टम उक्लने प्रयास नगर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।

नेकपा एमालेको आइतबार बानेश्वरमा बसेको संसदीय दलको बैठकमा उनले संसदीय मर्यादामा बस्न सासंदहरूलाई निर्देशन दिएका हुन्। भदौ २५ गतेको बैठकमा एमाले सांसदहरूले केही सांसदलाई बुइँमा चढाएर रोष्टम उकाल्ने प्रयास गरेका थिए।

उनले एमाले सांसदले माइकले सभामुखलाई हा न्ने योजना रहेको भन्ने टिप्पणीको पनि खण्डन गरेका छन् । उनले त्यस्तो कुनै योजना पार्टीको नभएको बताएका छन् । कतिपय साथीहरूले बोलेको सुनेँ। सभामुखलाई माइक हा न्ने योजना थियो भनेर। त्यसो योजना थिएन। हुँदै नभएको कुरा मिडियामा गर्नु वाञ्छनीय हुन्न। बोल्दा माननीयहरूले जिम्मेवारीपूर्वक बोल्ने गर्नुपर्छु, ओलीले भने, काँध चढेर माथि जान खोज्ने नगरौं।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता